काभ्रे। आज बैशाख १८ गते (शनिबार) काभ्रेमा ९७ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार पनौती नगरपालीकामा १५ पुरुष १२ महिला, धुलिखेल नगरमा ७ महिला १२ पुरुष, बनेपा नगरपालिकामा १४ महिला १६ पुरुष, पाँचखाल नगरमा २ महिला ६ पुरुष, भुम्लु गाउंपालिकामा १ पुरुष, मण्डन देउपुर नगरमा १ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ महिला ३ पुरुष, रोशी गाउंपालिकामा १ पुरुष, तेमाल गाउंपालिकामा १ पुरुष, चौरीदेउराली गाउंपालिकामा १ पुरुष, महांभारता गाउंपालिकामा १ पुरष र बेथानचोक गाउंपालिकामा १ पुरुष गरी ९७ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस