२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

एक सातामा मात्रै थपिए करीव ३६ हजार कोरोना संक्रमि,कुन दिन कति ?


२१७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख १९, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ– नेपालमा कोरोना संक्रमणको दर तीव्र रुपमा फैलिएको छ । पछिल्लो केही दिन यता देशभर दैनिक साढे पाँच हजार भन्दा बढी कोरोना संक्रमित थपिने गरेका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा मात्रै पीसीआर परीक्षणको रिपोर्ट अनुसार करीव ३६ हजारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

    एक हप्ता अगाडि गत वैशाख १२ गते आइतबार नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ११९ थियो भने आज ३ लाख ३६ हजार ३० पुगेको छ । यो तथ्यांकलाई हेर्दा एक हप्तामा मात्रै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ९११ जना थपिएका छन् ।

    पीस‍ीआर र एन्टिजेन परीक्षणमा कुन दिन कति संक्रमित थपिए ?

    आइतबार- ३ हजार १२२ जना

    सोमबार- ३ हजार ५ सय ५६ जना

    मङगलबार- ४ हजार ५ सय २४

    बुधबार- ४ हजार ८ सय ९७

    बिहीबार- ४ हजार ९ सय २८

    शुक्रबार- ५ हजार ७ सय २७

    शनिबार- ५ हजार ७ सय ६३

    आइतबार (आज) ७ हजार २ सय ११ जना

    मन्त्रालयको तथ्यांक अनुसार कोरोना संक्रमित सख्या सबै भन्दा बढि काठमाडौंमा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार