काभ्रे। आज बैशाख १९ गते (आईतबार) काभ्रेमा ४१ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा १४ महिला १३ पुरुष, धुलिखेल नगरपालिकामा ५ पुरुष, ३ महिला, पनौती नगरमा १ पुरुष, पाँचखाल नगरमा २ पुरुष १ महिला, बेथानचोक गाउंपालिकामा १ पुरुष, तेमाल गाउंपालिकामा १ महिला गरी ४१ जनालाई कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस