२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

सर्जिकल मास्क बेच्नेलाई दुई लाख जरिवाना


३१९७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित ३ साल अघि
  • वाणिज्य,  आपूर्ति  तथा  उपभोक्ता संरक्षण  विभागले  त्रिपुरेश्वरस्थित  अल  फाइन  सर्जिकल सप्लायर्सले  खरिद  गरेभन्दा  दोब्बर  मूल्यमा  सर्जिकल मास्क बेचेकामा दुई लाख रुपियाँ जरिवाना गरेको छ ।

    विभागको  आकस्मिक  अनुगमन  टोलीले  आइतबार त्यस क्षेत्रमा अनुगमन गर्ने क्रममा उक्त सप्लायर्सले प्रतिगोटा  साढे  चार  रुपियाँमा  खरिद  मूल्य  परेको सर्जिकल  मास्कको  साढे  आठ  रुपियाँमा  बेचेको पाइएपछि जरिवाना गरेको हो ।

    विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले महँगोमा बिक्री गर्ने उक्त मेडिकल सामान आपूर्ति गर्ने आपूर्तिकर्तालाई जरिवाना  गरिएको  जानकारी  दिए ।

    उनका अनुसार यसअघि गत शुक्रबार विभागको सो अनुगमन टोलीले भक्तपुरस्थित हिमालयन लाइफ केयर इन्डस्ट्रिजले पनि महँगो मूल्यमा बिक्री गरेको भन्दै ५० हजार रुपियाँ जरिवाना गरेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार