२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

पाँचखालमा अत्यावश्यक बाहेकका सेवा बन्द


३०१८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा एक साताको लागि अत्यावयक बाहेकको सेवा बन्द गरिएको छ ।

    कोरोनाको नयाँ भेरियन्टको हमांमारीले गर्दा पाँचखाल नगरपालिका पनि प्रभावित भएकोले रोगको संक्रमण फैलन नदिनको लागि आज (सोमबार) पाँचखाल नगरपालिकाको आकस्मिक वैठक बाट एक हप्ताको लागि सेवा बन्द गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।

    पाँचखाल नगरपालिका वडा नं २ मा रोगको प्रकोप वढि देखिएकोले सो वडा पुर्ण रपमा बन्द गरीने भएको छ । नगरपालिका क्षेत्रमा रोगको संक्रमण बढ्न नदिनको लागि बिभिन्न संदेशमुलक जानकारीहरु नगरवासिलाई प्रदान गर्दै आएको छ । नगरक्षेत्रभित्र माईकिङ्ग गर्दै रोगबाट जोगिनको लागि सुचनाहरु दिएको छ ।

    यस्तो छ नगरको बैठक निर्णय

     

    विषयः सेवा स्थगन सम्बन्धी सूचना ।

    विश्वव्यापी रुपमा नयाँ भेरियन्ट सहितको नोबेल कोरोना भाईरस ((Covid-19)  को दोस्रो लहर फैलिरहेको सन्दर्भमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको मिति २०७८। १।१८ गतेको निर्णय समेतलाई आधार मानि मिति २०७८। १।२१ गतेबाट १ (एक) हप्ताका लागि यस नगरपालिका तथा अन्तर्गतका वडा कार्यालय, सेवा केन्द्रहरु समेतका अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवा बन्द रहने व्यहोरा सम्पुर्ण नगरबासीहरुको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।सेवा बन्दबाट नगरवासिमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं ।
    साथै Covid-19 को प्रभाव बढी देखिएको यस नगरपालिकाको वडा नं. २ को कार्यालयबाट दिइदै आइएको सेवा पूर्णरुपमा बन्द गरिएको व्यहोरा समेत सम्बन्धित सरोकारवालाहरु सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।

    महेश खरेल
    नगर प्रमुख

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार