२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा ४० लाई कोरोना पुष्टि,५ को मृत्यु, सक्रिय संक्रमित एक हजार ९९


२५७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २६, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। आज बैशाख २६ गते (आइृतबार) काभ्रेमा ४० जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा १५ महिला ६ पुरुष, धुलिखेल नगरपालिकामा ४ महिला ५ पुरुष, पनौती नगरमा १ महिला ३ पुरुष, पाँचखाल नगरमा १ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ महिला र नमोबुद्ध नगरपालिकामा १ महिला १ पुरष गरी ४० जनालाइ कोरोना पुष्टि भएको छ ।

    आज काभ्रेमा ५ जनको मृत्यु भएको छ जसमा पनौतीको ८७ बर्षिए महिलाको बनेपा स्थित शिरमेमोरिल अस्पतालमा, धुलिखेलको ६२ बर्षिय महिलाको र धुलिखेलकै ५८ बर्षिय पुरुष र २७ बर्षिय पुरुषको होम आईसोलेसनमा र भक्तपुरको ७६ बर्षिय महिलाको धुलिखेल अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
    काभ्रेमा आज सम्म सक्रिय संक्रमितको संख्या १०९९ पुगेको छ । जसमा महिला ४९८ र पुरुष ६०१ रहेका छन् । उनीहरु मध्य ४६ जना अस्पतालको आईसोलेसनमा र १०५३ होम आइसोलेसनमा रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार