२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा १२८ लाई कोरोना पुष्टि,३ को मृत्यु, सक्रिय संक्रमित एक हजार १२१८


२६५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २७, सोमबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। आज बैशाख २७ गते (सोमबार) काभ्रेमा १२८ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा २० महिला २८ पुरुष, धुलिखेल नगरपालिकामा १८ महिला १९ पुरुष, पनौती नगरमा ८ महिला १० पुरुष, पाँचखाल नगरमा १ महिला ४ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ४ महिला २ पुरुष, नमोबुद्ध नगरपालिकामा ४ महिला ६ पुरष, तेमाल गाउंपालिका १ महिला,चौरीदेउराली गाउंपालिका २ पुरुष र भुम्लु गाउंपालिका १ पुरुष गरी १२८ जनालाइ कोरोना पुष्टि भएको छ ।
    आज काभ्रेमा ३ जनको मृत्यु भएको छ जसमा पनौतीको २४ बर्षिए पुरुष, धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । बनेपाको ४५ बर्षिय पुरुषको बनेपा स्थित शिरमेमोरिल अस्पतालमा र भक्तपुरका ६५ बर्षिय पुरुषको धुलिखेल अस्पतालमा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

    काभ्रेमा आज सम्म सक्रिय संक्रमितको संख्या १२१८ पुगेको छ । जसमा महिला ५५४ र पुरुष ६६४ रहेका छन् । उनीहरु मध्य ४६ जना अस्पतालको आईसोलेसनमा र ११७२ होम आइसोलेसनमा रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार