पाँचखाल ।पाँचखाल नगरले नगरवासिलाई कोरोना संक्रमण भएमा उपचारमा सहजताको लागि राहत स्वरुप १० हजार दिने निर्णय गरेको छ ।
नगरप्रमुख महेश खरेलका अनुसार मंगलबार नगरपालिकाको निर्णय भए अनुसार कोरोनाको संक्रमित विपन्न बर्गहरुलाई १० हजार दिने भएको हो । नगरवासिहरुमा कोरोनाको प्रकोप फैलदै गएकोले संक्रमितहरुको उपचारमा राहत रहोस भन्ने उद्देश्यले आर्थिक सहयोग गर्ने निर्णय भएको नगरप्रमुख खरेलले जानकारी गराउनु भयो ।
त्यसैगरी आमाको मुखहेर्ने दिन (मातातिर्थ औंसि) पाँचखाल नगरमा उपस्थित भएका आमा तथा दिदिबहिनिहरुलाई नगरप्रमुख महेश खरेलले व्यक्तिगत रुपमा प्रति व्यक्ति २ हजार (खुराकीको लागि) उपलब्ध गराउनु भएको थियो । सो क्रममा कोरोनाको महांमारीबाट बच्नको लागि सुरक्षीत स्वास्थ्य सामाग्रीहरु समेत उपलब्ध गराउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस