धुलिखेल । काभ्रे जिल्लामा प्रेसर हर्न, ओभरलोड लगायत सवारी नियम विपरित सञ्चालन भएको गाडीहरु धमाधम कार्वाहीमा परेको छ । बुधबार मात्र प्रेसर हर्न राख्ने १ सय ९४ टिपर र ओभरलोड रहेको १ सय ५९ वटा टिपर कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।
जिल्ला स्थित राजमार्ग भएर चल्ने बिभिन्न किसिमका सवारी सधानहरुले सम्बन्धित कम्पनीले जडान गरेको हर्न भन्दा बढी आफुखुसी पेसर हर्न जडान गरी राजमार्जमा र सहरी क्षेत्र, विद्यायल क्षेत्र, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा पेसर हर्न बजाई ध्वनि प्रदुषण गरेको भन्द्र प्रहरीले कार्वाही प्रक्रिया अगाडि बढाएको डिएसपी खतिवडाले जानकारी दिए ।
नागरिकहरुको गुनासो समेतलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक तथा मातहत प्रहरी कार्यालयहरु र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले उक्त गतिविधिलाई नियत्रण एवं कारवाहीको लागि अभियान चलाई चेकजाँच एवं नियन्त्रण र कारवाही गत बैशाख २४ गते देखि २८ गते सम्म सञ्चालन गर्दा ३ लाख ६३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको खतिवाडाले जानकारी दिए ।
कार्वाहीमा परेका गाडीहरुको विवरणः
१. पेसर र्हन नियन्त्रण १९४ वटा टिपर
२. ओभरलोड कारवाहीर कटिङ्ग १५९ वटा टिपर ।
३. डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुसँग बादबिवाद र कानुन कार्यान्वयनमा बाँधा पु¥याउन खोज्ने ६ जना टिपर चालकहरुलाई कानुन बमोजिम पक्राउ गरी कानुनी दायरामा ल्याईएको ।
४. सवारी ईजाजत अनुमती पत्र साथमा नभएको २५ मा रु. ४३,५००।
५. ओभरलोड कारवाही ३९ मा रु. ५८,०००।
६. सिटबेल्ट, हेल्मेट प्रयोग नगरेको ३८ मा रु. १७,५००।
७ कागजपत्र साथमा नभएको ५६ मा रु. ८०,०००।
८ सवारी चालक अनुमती पत्र साथमा नभएको ४८ मा रु. ५५,०००।
९. सवारीको अवस्था ठिक नभएको २८ मा रु. ३२,०००।
१०. छतमा लगेज १२ मा रु. १२,५००।
११. प्रयोजन बिपरित ६ मा रु. ६,०००।
१२. सिट छेमता भन्दा बढी ३५ मा रु. ४३५००।
१३. अन्य ७१ मा रु. ८५५००।
१४. जम्मा कारवाही ३५२ मा रु. ३,६३,५००। राजश्व संकलन ।
प्रतिक्रिया दिनुहोस