२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

आज काभ्रेमा १५६ लाई कोरोना पुष्टि, आज सम्म सक्रिय संक्रमितको संख्या १६१८ काभ्रे। आज बैशाख ३० गते (बिहिवार) काभ्रेमा


२३०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • १५६ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा २३ महिला २४ पुरुष, धुलिखेल नगरपालिकामा २१ महिला १९ पुरुष, पनौती नगरमा ६ महिला ७ पुरुष, पाँचखाल नगरमा १ महिला ७ पुरुष, मण्डनदेउपुर नगरपालिकामा २ महिला १३ पुरुष, नमोबुद्ध नगरपालिकामा ३ महिला ३ पुरष, रोशी गाउंपालीका १ महिला १ पुरुष, चौरीदेउराली गाउंपालिका ४ पुरुष र तेमाल गाउंपालीका १, महाँभारत गाउंपालीका ५ महिला ८ पुरुष, भुम्लु गाउंपालिका १ महिला पुरुष र खानिखोला गाउंपालिका ३ महिला ३ पुरुष गरी १५६ जनालाइ कोरोना पुष्टि भएको छ ।

    काभ्रेमा आज सम्म सक्रिय संक्रमितको संख्या १६१८ पुगेको छ । जसमा महिला ७२३ र पुरुष ८९५ रहेका छन् । उनीहरु मध्य ६० जना अस्पतालको आईसोलेसनमा र १५५८ होम आइसोलेसनमा रहेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार