२०८१ कार्तिक १५, बिहिबार | Thu, 31, Oct, 2024

काभ्रे सेवा समाजले पत्रकर महासंघलाई आर्थिक सहयोग


४०६८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे सेवा समाजले नेपाल पत्रकार महासंघ काभ्रे शाखाको कोभिड–१९ राहत कोषमा सुरुवाती सहयोगका रुपमा आज १० हजार रुपैंया प्रदान गरेको छ ।
    समाजका तर्फबाट सचिव राघवसिंह थापाले महासंघको बुडोलस्थित कार्यालयमा पुगेर सो रकम महासंघ अध्यक्ष बद्रीराज तिमल्सिानालाई हस्तान्तरण गर्नु भएको हो ।
    ‘काभ्रे सेवा समाजले नागरिक समाजको प्रतिनिधित्व गर्ने र अहिलेको विषम परिस्थितिमा सुसूचित गर्ने कार्यमा खटिने पत्रकारहरुको सुरक्षाका लागि सहयोग गरेको जानकारी प्राप्त भएको छ । समाजले आगामी दिनहरुमा थप सहयोग गर्ने सेवा समाजका सचिब थापाले बताउनु भयो ।
    सेवा समाजले प्रदान गरेको सहयोग रकम बुझ्नुहुँदै शाखा अध्यक्ष तिमिल्सनाले भन्नुभयो, ‘पत्रकार महासंघ काभ्रे शाखा र काभ्रे सेवा समाज मिलेर काभ्रे जिल्लामा धेरै काम गर्न सक्ने संभावनाहरु रहेको बताउनु भयो । सहयोगका लागि शाखामा आवद्ध सम्पूर्ण पत्रकारहरुका तर्फबाट समाजलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो ।
    काभ्रे सेवा समाजले कार्यसमिति र शुभेच्छुक सदस्यहरुलाई समाजको कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै कोभिड–१९ राहत कोष स्थापना गरेको र कोषमा रकम जम्मा गर्न सबैमा आह्वान गरेको छ । यही कोषमा जम्मा भएको रकमले महासंघलाई सहयोग गरिएको थापाको भनाई छ ।
    समाजले पनौती–४ स्थित रियल नेपालको आश्रयमा रहेका दृष्टिविहीन छात्रछात्राहरुलाई पनि यसै कोषबाट सहयोग गरेको छ । सहयोगमा खाद्यान्नलगायतका सामग्रीहरु उपलब्ध गराइएको छ ।

    यस अघि कोरोना संक्रमणको पहिलो लहरमा पनि समाजले पत्रकार महासंघ काभ्रे शाखालाई सहयोग गरेको थियो । त्यस बखत भेनस मास्क ५० थान र १०० मिलीको स्यानिटाइजर ५० बोतल उपलब्ध गराएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार