काभ्रे। आज जेष्ठ २ गते (आईतबार) काभ्रेमा १९७ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा ९ महिला ९ पुरुष, धुलिखेल नगरपालिकामा ११ महिला १३ पुरुष, पनौती नगरमा ६१ महिला ७६ पुरुष, पाँचखाल नगरमा १ महिला ५ पुरुष, चौरीदेउराली गाउंपालिका २ पुरुष, नमोबुद्ध नगरपालिका ३ पुरुष, तेमाल गाउंपालीका ३ पुरुष,भुम्लु गाउंपालिका १ पुरुष र रोशी गाउंपालिका १ महिला २ पुरुष गरी आज काभ्रेमा १९७ लाइ कोरोना पुष्टि भएको छ ।
काभ्रेमा आज सम्म सक्रिय संक्रमितको संख्या १९५४ पुगेको छ । जसमा महिला ८८१ र पुरुष १०७३ रहेका छन् । उनीहरु मध्य ९९ जना अस्पतालको आईसोलेसनमा र १८५५ होम आइसोलेसनमा रहेका छन् । आज काभ्रेमा ५ जनाको मृत्यु भएको छ ।
हेर्नाेस विवरण
प्रतिक्रिया दिनुहोस