काभ्रे जिल्लामा १८२जनाले कोरोना जितेका छन् । आज विहिबार पिसिआर परिक्षण गर्दा ११७ र एन्टीजेन परिक्षणबाट ३४ गरी १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा १८ महिला १९ पुरुष, पाँचखालमा ३ महिला २ पुरुष, धुलिखेलमा १२ महिला १२ पुरुष, पनौतीमा २ महिला १ पुरुष, नमोबुद्धमा ५ महिला ९ पुरुष, चौंरीदेउरालीमा १ महिला ४ पुरुष, मण्डनदेउपुरमा १३ महिला १३, रोशीमा १ पुरुष र भुम्लुमा २ महिला संक्रमित थपिएका छन् ।
त्यस्तै एन्टीजेन परिक्षणबाट २ महिला २ पुरुष, पनौतीमा १० महिला १२ पुरुष, चौंरीदेउरालीमा २ महिला ५ पुरुष र तेमालमा १ पुरुष कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या ९४६७ पुगेको छ भने निको भएको संख्या ७१४६ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ९६३ महिला र १२२० पुरुष गरी २१८३ पुगेको छ । अस्पताल आइसोलेसनमा १५३ जना र होम आईसोलेसनमा २०३० रहेका छन् ।
यस्तो छ मृत्यु विवरण
यसैबीच संक्रमणबाट पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा रामेछापको ६० वर्षिय पुरुष, चौंरीदेउरालीका ५२ पुरुष, तेमालका ७७ वर्षिय पुरुष रहेको डा. झाले जानकारी दिए । उनीहरुको काभ्रे र उपत्यकाका विभिन्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यससँगै काभ्रेमा मृत्यु हुनेहरुको संख्या १९४ पुगेको छ । उनीहरु मध्य १३८ जना काभ्रेका रहेका छन् भने ५६ जना अन्य जिल्लाका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस