काभ्रे जिल्लामा ३८६ जनाले कोरोना जितेका छन् । आज शुक्रबार पिसिआर परिक्षण गर्दा ४६ र एन्टीजेन परिक्षणबाट २६ गरी ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा ८ महिला ६ पुरुष, पाँचखालमा १ महिला १ पुरुष, धुलिखेलमा ६ महिला ८ पुरुष, पनौतीमा ३ महिला २ पुरुष, नमोबुद्धमा ३ महिला १ पुरुष, मण्डनदेउपुरमा १ महिला २ पुरुष, बेथानचोकमा १ महिला, चौंरीदेउरालीमा १ पुरुष, रोशीमा १ महिला र तेमालमा १ संक्रमित थपिएका छन् ।
त्यस्तै एन्टीजेन परिक्षणबाट बनेपामा ४ महिला, पाँचखालमा ११ महिला ७ पुरुष, चौंरीदेउरालीमा १ पुरुष, रोशीमा २ पुरुष र भुम्लुमा १ पुरुषमा कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या ९५३९ पुगेको छ भने निको भएको संख्या ७५३२ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ८३८ महिला र १०३१ पुरुष गरी १८६९ पुगेको छ । अस्पताल आइसोलेसनमा १०९ जना र होम आईसोलेसनमा १७६० रहेका छन् ।
प्रतिक्रिया दिनुहोस