काभ्रे । काभ्रे जिल्लामा आज (शनिबार) पिसिआर परिक्षणबाट १५१ र एन्टिजेन परिक्षणबाट ५५ गरी २०६ जनालाई कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य प्रमुख डा.नरेन्द्र कुमार झा ले जानकारी गराउनु भयो ।
प्रमुख डा.झाका अनुसार पिसिआर परिक्षण गर्दा बनेपा नगरपालिकामा १२ महिला १४ पुरुष, पाँचखाल नगरपालिकामा ६ महिला ७ पुरुष, धुलिखेल नगरपालिकामा १४ महिला ११ पुरुष, पनौती नगरपालिकामा १० महिला १० पुरुष, नमोबुद्ध नगरपालिकाम ७ महिला १४ पुरुष, भुम्लु गाउंपालिकामा १ महिला २ पुरुष, बेथानचोक गाउंपालिकामा १ महिला, चौरीदेउराली गाउंपालिकामा ६ महिला २ पुरुष, रोशी गाउंपालिकामा १८ महिला १५ पुरुष र तेमाल गाउंपालिकामा १ महिला गरी १५१ जनालाई कोरोना पुष्टि भएको हो ।
त्यसैगरी एन्जिेन परिक्षणबाट भुम्लु गाउंपालिका बाट ५ महिला ८ पुरुष, चौरीदेउराली गाउंपालिकाबाट २ महिला, खानिखोला गाउंपालिकाबाट ६ महिला ३ पुरुष, महांभारत गाउंपालिकाबाट ८ महिला १६ पुरुष र नमोबुद्ध नगरपालिकाबाट ३ महिला ४ पुरुष गरी ५५ जनालाई कोरोना पुष्टि भएको छ । आज सम्म काभ्रेमा सक्रिय संक्रमित संख्या २०४८ रहेको छ । जसमा १९३९ जना होम आईसोलेसनमा र १०९ जना विभिन्न अस्पतालमा उपचार गराई रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।
प्रतिक्रिया दिनुहोस