२०८१ मंसिर १३, बिहिबार | Thu, 28, Nov, 2024

प्रधानमन्त्री ओलीमाथि भयानक षडयन्त्र भैरहेको रहेछ : गोकुल बाँस्कोटा


२८८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ जेष्ठ २९, शनिबार मा प्रकाशित ३ साल अघि
  • र्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भयानक षडयन्त्र भैरहेको बताएका छन् । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले नाथुराम गोड्से बन्न कोही तयार नभए आफैँ गोड्से बन्न तयार रहेको अभिव्यक्ति प्रदेशसभा बैठकमा दिएपछि पूर्वमन्त्री बास्कोटाले सो टिप्पणी गरेका हुन् ।

    नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बाँस्कोटाले शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्ः ‘केपी ओली नमारे काँग्रेस नजित्ने रहेछ, प्रधानमन्त्री माथि कुनै भयानक षडयन्त्र हुँदै रहेछ । नत्र प्रदेश सांसद त्यो पनि पशुपतिनाथ रहेको क्षेत्रबाट प्रतिनिधित्व गर्नेले यस्तो कसरी बोल्न सक्छ ?’ बाँस्कोटाले बैद्यको अभिव्यक्तिबारे काँग्रेसको आधिकारिक धारणा समेत मागेका छन् ।

    काँग्रेसका बागमती प्रदेशसभा सदस्य वैद्यले शुक्रबारको बैठकमा महात्मा गान्धीका हत्यारा गोड्सेको नाम लिँदै भनेका थिए : ‘खड्गप्रसाद ओलीलाई नरोक्ने हो भने उनले यो देश खाइदिन्छन्, अब नाथुराम गोड्से बन्न तयार हुनुपर्यो, कोही बन्न तयार छैन भने म बन्छु ।’ वैद्यको यो अभिव्यक्तिलाई लिएर काँग्रेस र एमालेभित्र अहिले हंगामा मच्चिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार