काभ्रे । पाँचखाल र आसपासको क्षेत्रमा विगत २८ बर्षदेखि वातावारण सुधार, आधुनिक कृषि, हरियाली विस्तार, व्यवस्थित पशुपालन, आईपिएम तरिकाको तरकारी खेती साथै विकास निर्माणको कार्यमा समेत ठुलो योगदान पुर्याउंदै आएके लवग्रीन नेपाल नामक संस्थाले आफ्नो पाँचखाल स्थित फिल्ड कार्यालय बखे्रलढीही कार्यालयबाट उन्नतजातको फलफुलका विरुवाहरु अनुदानमा वितरण गर्ने भएको छ ।
पाँचखाल र आशपासको क्षेत्रमा गुणस्तरीय फलफुल उत्पादन गराउने उद्देश्यले लवग्रीन नेपाल नामक संस्थाले अशार १ गते सम्म कार्यालयमा सम्पर्क गर्न जानकारी गराएको छ । कार्यालयले सम्पर्कमा आउनेहरुलाई निश्चित संख्यामा अनुदानमा विरुवा उपलब्ध गराउने भएको छ ।
कार्यालयले सुन कागती, केरा (टिस्यू कल्चर),अम्बा, आँप, लिचि लगाएतको विरुवाहरु वितरण गर्ने भएको छ । सम्पर्कमा आएकाहरुले लगेको विरुवा स्वयंले रोप्नुवर्ने अन्यत्र अरुलाई पठाउन, दिन नपाईने समेत उल्लेख गरेको छ । विरुवा रापेपछि समय समयमा संस्थामा रहेका प्राविधिकहरुलाई जाँच गराई रोग तथा किराको उपचार गर्नुपर्ने लगाएको शर्त राखिएको छ ।
प्रतिक्रिया दिनुहोस