काभ्रे जिल्लामा २०३ जनाले कोरोना जितेका छन् भने आज सोमबार पिसिआर परिक्षण गर्दा ८८ र एन्टीजेन परिक्षणबाट १२ गरी १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार २४ घण्टा यता जिल्लामा २ जनाको मृत्यु भएको छ ।
प्रमुख डा. झाका अनुसार पिसिआर परिक्षणबाट बनेपा बनेपामा ५ महिला १३ पुरुष, पाँचखालमा १ पुरुष, धुलिखेलमा २७ महिला २३ पुरुष, पनौतीमा ३ महिला, नमोबुद्धमा २ महिला, मण्डनदेउपुरमा १ पुरुष, चौंरीदेउरालीमा १ महिला र रोशीमा ६ महिला ६ पूरुषमा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै एन्टीजेन परिक्षणबाट पनौतीमा ५ महिला ३ पुरुष र पाँचखालमा ४ महिलामा कोरोना पुष्टि भएको छ ।
यससँगै काभ्रेमा संक्रमित संख्या १०४५९ पुगेको छ भने निको भएको संख्या ८७२३ पुगेका छन् । जिल्लामा सक्रिय संक्रमित संख्या ७४९ महिला र ८३० पुरुष गरी १५७९ पुगेको छ । अस्पताल आइसोलेसनमा १०६ जना र होम आईसोलेसनमा १४७३ रहेका छन् । पछिल्लो चरणमा काभ्रेमा संक्रमणदरमा धेरै कमी आएको छ भने निको हुने दर बढेको छ ।
प्रतिक्रिया दिनुहोस