२ असार, काठमाडौं । सिन्धुपाल्चोकमा बाढीले बितण्डा मच्चाएको छ । मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन्।
बाढीले चारवटा पक्की पुल पनि बगाएको छ । मेलम्ची बजारबाट चौतारा जोड्ने, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल बाढीले बगाएको छ ।
त्यस्तै हेलम्बुको चनौटेमा रहेको पुल र नाकोटेमा रहेको पुल पनि बगाएको छ । नाकोटेको पुल हालसालै निर्माण सम्पन्न भएको थियो ।
बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि क्षति पुर्याएको अनुमान छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।
प्रतिक्रिया दिनुहोस