२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

नगरपालिकाले एकै दिन १० हजार जनाको कोरोना परिक्षण गर्ने


१९८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस सङ्क्रमणको अवस्था पहिल्याउन एकै दिन एकैचोटि १० हजार व्यक्तिको निःशुल्क एन्टिजिन र पिसिआर परीक्षण गर्ने भएको छ । नगरपालिकाले प्रत्येक वडामा भोलि शनिबार बिहान १०ः ०० देखि ५ः०० बजेसम्म एकै पटक उक्त सङ्ख्यामा एन्टिजिन र पिसिआर परीक्षण गर्ने नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

    जिल्लामा सङ्क्रमित र मृत्यु दर सबभन्दा बढी हुने सो नगरपालिकाले चिनियाँ मोडलमा नेपालमै पहिलोपटक एकैचोटि एन्टिजिन र पिसिआर परीक्षण गरी कोभिड–१९ सङ्क्रमणको विश्लेषण गर्ने भएको हो ।  नगरपालिकाले नगर क्षेत्रका नौवटा वडामा एकै पटक १० हजार व्यक्तिको एन्टिजिन र पिसिआर परीक्षण गर्दैछौँ”, नगरप्रमुख श्रेष्ठले भने, “चीनले यही विधिबाट परीक्षण गरेको यो चिनियाँ मोडल हो, नगरपालिकाले नेपालमा पहिलोपटक यो मोडलमा परीक्षण गर्ने भएको हो ।”त्यसका लागि नगरपालिकाले करीब रु ३५ लाख खर्च गर्ने भएको छ भने परीक्षणका लागि ११ हजार किटको व्यवस्था गरिसकेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार