२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

घाँटी रेटेर एक बालिकाको हत्या


१९८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ५, शनिबार मा प्रकाशित ३ साल अघि
  • ५ असार, सप्तरी । सप्तरीमा घाँटी रेटेर एक बालिकाको हत्या गरिएको छ । डाक्नेश्वरी नगरपालिका–३ तरहीमा ८ वर्षीया बालिकाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    स्थानीय राउदगार यादवकी ९ वर्षीया छोरी शिवानी यादवको घाँटी काटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार घाँस काट्न घरबाट निस्केकी शिवानीको घर नजिकैको आँप बगैंचामा शव फेला परेको प्रहरीको भनाइ छ । मृतकको शवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पोष्टमार्टम गराई अन्य अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार