२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचखाल नगरको नवौं नगरसभा सम्पन्न, ८९ करोड ५६ लाख २८ हजार ५४३ को बजेट सार्वजनिक


२४७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली
    १० असार, काभ्रे । कृषि नगरीको रुपमा अगाडी बढेको पाँचखाल नगरको नवौ नगरसभा अधिवेशन आज (विहिबार) सम्पन्न भएको छ । नगरको बिकासको आधारशिलाको पहिचान गर्दै आर्थिक वर्ष २०७८—२०७९ को निती तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
    नगरको बिकासका लागि वडा स्तरबाटै पुर्वाधार निर्माण गर्ने उद्देश्यसहित नगरले पुर्वाधर निर्माण सहितको योजनालाई अघि सार्दै आज (बिहीबार) निती तथा कार्यक्रम सहित आगामि आर्थिक बर्षको लागि बजेट सार्वजनिक गरेको छ ।


    ९ औं नगरसभाको वैठकमा मेयर महेश खरेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने आ.वको लागि उपमेयर लक्ष्मी दनुवारले ८९ करोड ५६ लाख २८ हजार ५ सय ४३ को बजेट प्रस्तुत गर्नुभएको थियो ।
    विनियोजित बजेटको खर्च व्यहोर्ने स्रोतमध्य नेपाल सरकार शसर्त अनुदान २४ करोड ९७ लाख, प्रदेश सरकार शसर्त अनुदान २ करोड १४ लाख, प्रदेश सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार बिशेष अनुदान ५९ लाख, सामाजिक सुरक्षा १३ करोड, नेपाल सरकार राजश्व बाँडफाँड ८ करोड ४६ लाख गरी बाँडफाड नहुने रकम ४३ करोड ७० लाख रहेको छ ।


    त्यसैगरी बाँडफाड गर्न योग्य ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ रहेको छ । जसमध्य बजेटको स्रोत नेपाल सरकार राजश्व बाँडफाड ८ करोड ४६ लाख, नेपाल सरकार समानिकरण अनुदान १३ करोड २१ लाख, प्रदेश सरकार समानिकरण अनुदान १ करोड १३ लाख ४४ हजार, प्रदेश सरकार राजश्व बाँडफाड ३ करोड ७० लाख ८४ हजार ५ सय ४३, अल्या स्रोत १ लाख ५० हजार, आन्तरिक स्रोत ५ करोड र सडक बोर्ड ४० लाख समेत गरी ३१ करोड ९२ लाख ७८ हजार ५ सय ४३ बाँडफाँड योग्य बजेट विनियोजन गरीएको छ । त्यसैगरी विबिध स्रोतको अनुमान १३ करोड ९३ लाख ५० हजार रहेको छ ।


    त्यसैगरी अनुमानित खर्च तर्फ प्रशासनिक १४ करोड ६ लाख २८ हजार ५४३ रुपैया, ०७७—०७८ को दायित्व (टेण्डर मात्र) ४ करोड, ०७७—०७८ को दायित्व (उपभोक्ता समिति र अन्य) ३ करोड, बिपद व्यवस्थापन कोष १ करोड, नगर स्तरिय आकस्मिक योजना १ करोड, प्रदेश समपुरक योजना ३ करोड, संघिय—अन्य समपुरक योजना ५ करोड, कोरोना रोकथाम नियन्त्रण कार्य १ करोड, नगरस्तरिय योजनाको परियोजना अध्ययन प्रतिवेदन ३० लाख, (वडा, नगर,बिषयगत) गौरवका योजना तथा कार्यक्रम ७ करोड, बिषयगत खर्च ६५ करोड रहेको छ ।
    आज सम्पन्न नगरसभाले नीति तथा कार्यक्रम र बजेट भने पास गरेको छैन । निती तथा कार्यक्रम सहित पेश भएको बजेट सौहार्द ढंगबाट छलफल गरी पास हुने नगर प्रमुख खरेलले बताउनु भयो । उहाँले थप्नुभयो स्थानीय तहमा निर्वाचित भएर आएपछि आफूहरुले ल्याउने अन्तिम बजेट भएका कारण विगतका अपुरा योजनाहरु पूरा गर्ने गरी पुँजीको परिचालन गर्ने बताउनु भयो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार