२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कृषि नगरमा कृषकलाई पाडी


३५०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १३, आईतबार मा प्रकाशित ३ साल अघि
  • सुशील राज गिरी
    काभ्रे-पाँचखाल , पाँचखाल नगरपालिकाले ५० प्रतिसत अनुदानमा कृषकहरुलाई उन्नत जातका पाडी बितरण गरेको छ ।
    मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रम अन्तरगत लागत साझेदारीमा नगरपालिकाले ५ं० प्रतिशत अनुदानमा पाँचखाल नगरमा १ सय ५४ वटा पाडी बितरण गरिने कार्यक्रम भएको नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो ।
    पाँचखाल नगर कृषि सहरको लागत साझेदारीमा मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन को लागि पाडी बितरण कार्यक्रममा भैंसीको पाडा बितरण गर्दै नगर प्रमुख खरेलले नगरमा रहेका किसान लाई व्यवसायिक पशुपालनमा आकर्षित गर्न र किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत जातको भैसी वितरण कार्य सुरु गरेको र नगरभरिका किसानलाई आत्मनिर्भर बनाउने उदेश्य रहेको जानकारी दिनुभयो । बितरण गरिएको १५४ पाडीको विमा अग्रीम गरिसकेको र कुनै समस्या भएमा समेत नगरले कृषकलाई थप सहयोग उपलब्ध गराउने नगरका पशुविकास शाखा प्रमुख दत्तप्रसाद गौतमले जानकारी दिनुभयो ।
    नगरपालिकाले पहिलोचरणमा वडा नं ५ मा ६० वटा, वडा नं १३ मा ४४ , वडा नं ३ मा २५ वटा र वडा नं ६ मा २५ वटा पाडी बितरण गर्न लागेको छ । शनिवार पहिलो पटक वडा नं ५ का कृषकहरुलाई ६० वटा पाडी बितरण गरिएको पाँचखाल वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा ले जानकारी दिए । साथै उत कार्यक्रम आगामी दिनमा पनि निरन्तर हुने अध्यक्ष सापकोटा ले जानकारी दिए । पाँचखाल वडा नं ५ को खावामा नगरप्रमुख महेश खरेल ,पाँचखाल वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा, वडा सदस्यहरु , नगरका पशुविकास शाखा प्रमुख दत्तप्रसाद गौतम, खावा प्रहरी चौकि ईन्चार्ज ईन्द्व बहादुर राउत,बुद्धिजीवी ,प्रत्रकार, कृषकको उपस्थितिमा कृषकहरुलाई पाडी वितरण गरिएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार