नारायण सापकोटा काभ्रे
भक्तपुर जिल्ला स्थित चाँगुनारायण नगरपालिका वडा नम्बर ७ स्थित खरिपाटीका करुणा बाँस्तोला यतिखेर कृषी कर्ममा लागी परेकी छिन् ।
कृषिलाई नै मुख्य पेशा बनाएकी उनि प्रत्येक बर्ष तरकारी खेती बाटै लाखौं आम्दानी गर्ने बताउँछिन् । बर्षेनी गोलभेँडा, सिमी, बोडी, करेला,आलु लगायत बिभिन्न तरकारी खेती बाट मनग्य आम्दानी हुन थाले पछि पारिवारिक, आर्थिक उन्नती हुन थालेकोमा खुसी ब्यक्त गर्छिन् । आफ्नै सिमित जग्गामा लाखौंको आम्दानी हुन लागेपछी कृषि क्षेत्रलाई ब्यबसायिक रुपमा लान खोज्नु भएको छ । करुणा मात्र होइन त्यही क्षेत्रका कविता बाँस्तोलाका अनुसार काँक्रोबाट मात्रै एक सिजनमा २ लाख भन्दा बढिको आम्दानी हुने गरेको छ । सिमित जग्गामा गरिएको तरकारी खेती बाट मनग्य आम्दानी हुनुका साथै धान र आलु खेती पनि उत्पादन हुने कविताको भनाइ छ ।
त्यसैगरी अर्का किसान सबिना बाँस्तोला भन्छिन् तरकारी खेती गर्न सकियो भने आय आर्जनको श्रोत खोज्न कतै जानु नपर्ने र सम्पती कमाउनैको लागि घर परिवार छाडेर कसैले बिदेशिनु नपर्ने उनको तर्क छ । मुहान पोखरी नजिकै रहेका खेतबारीमा त्यस क्षेत्रका अधिकाशं किसानहरु सिन्चीत जग्गा भएकै कारण सुन फलाउने जग्गाको रुपमा प्रयोग गरिएको बताउँछन् । किसानका अनुसार त्यस क्षेत्रका जग्गाहरु बाह्रै महिना आम्दानीको श्रोतको रुपमा प्रयोग गरिरहेका छन् । तरकारीका ठेकेदार श्याम ख्याँजुका अनुसार खरिपाटी क्षेत्रबाट मात्रै यो सिजनमा ३ करोड भन्दा बढिको काँक्रो निर्यात हुने गरेको छ । खरिपाटीमा उत्पादित काँक्रो काठमाण्डौ स्थित कालिमाटी बाट देशका बिभिन्न भागमा पुग्ने गरेको ठेकेदार ख्याँजु बताउँछन् । बार्षिक करोडौंको तरकारी समेत उत्पादन हुने खरिपाटी क्षेत्रका बासिन्दाको प्रमुख आयश्रोतका रुपमा रहेको तरकारी खेति लाई निरन्तरता दिन सके जन स्तरमा आय स्तर अझै बढि अगाडी बढ््ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस