भकुण्डे–नमोबुद्ध नगरपालिकाको भकुण्डे तथा आसपासका क्षेत्रमा अवैधरुपमा बिक्रीका लागि राखिएका घरेलु मदिरा बरामद गरी नष्ट गरिएको छ ।
प्रहरी चौकी भकुण्डेबेशीले जिल्ला प्रशासन कार्यालय काभ्रेले जारी गरेको निषेधाज्ञा कार्यान्वयन गराउने उद्देश्यले गरेको बजार अनुगमनको क्रममा नमोबुद्ध नगरपालिका २ बुचाकोट र नमोबुद्ध ७ भकुण्डेबजारमा रहेका तीनवटा पसलबाट कच्चा पदार्थसहित २ सय ७० लिटर घरेलु मदिरा बरामद गरेको थियो ।
बरामद गरिएको मदिरा सोमबार नमोबुद्ध नगरपालिका र वडा नं. ४ को रोहबरमा नष्ट गरिएको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सुजन कुरुङ्जुले जानकारी दिए । नमोबुद्ध नगरपालिका ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्ले, नगरपालिकाका प्रशासकीय अधिकृत विनोद रसाइली लगायतको उपस्थितिमा मदिरा नष्ट गरिएको हो ।
कुरुङ्जुका अनुसार मदिरा बिक्रीवितरण गर्ने व्यवसायीलाई अबदेखि बिक्री नगर्ने शर्तमा एकपटकका लागि चेतावनीसहित छाडिएको छ । प्रहरी चौकी भकुण्डेले अवैधरुपमा मदिराको बिक्रीवितरण नगर्न सर्वसधारणमा अपिलसमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस