२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

केन्द्रिय सदस्य सहितका ५ सय ७८ ले पार्टी परित्याग गर्दै काँग्रेसमा प्रवेश


३३१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १८, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य श्याम लामासहित धादिङका ५ सय ७८ नेता कार्यकर्ताहरु नेपाली काँग्रेस प्रवेश गरेका छन्। बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा राप्रपा परित्याग गरी लामासहितका नेता तथा कार्यकर्ता काँग्रेस प्रवेश गरेका हुन् ।

    काँग्रेस प्रवेश गर्नेहरूमा केन्द्रीय सदस्य श्याम लामासहित धादिङ निर्वाचन क्षेत्र १ का क्षेत्रीय अध्यक्ष सानुराम घले, जिल्ला कार्यसमिति सदस्य तथा धुनीबेंसी नगर प्रमुखका प्रत्याशी दिपक रुपाखेती, थाक्रेका बिनोद लामा, समानुपातिकतर्फ प्रदेशसभा सदस्य उम्मेदवार मनिता तामाङ, पिडागाउँ समिति अध्यक्ष विजय भण्डारी, क्षेत्रीय सदस्य प्रबिण तामाङ, क्षेत्रीय सदस्य धर्म खतिवडासहित धादिङका ५ सय ७८ जना नेता तथा कार्यकर्ता रहेका छन् ।

    बुढानिलकण्ठ आएर आज ४१ जना काँग्रेस प्रवेश गरेपनि अन्य नेता तथा कार्यकर्तालाई धादिङमा नै कार्यक्रमसहित औपचारिक रुपमा पार्टी प्रवेश गर्ने रुपाखेतीले बताए ।पार्टी प्रवेश कार्यक्रममा काँग्रेस सहमहामन्त्रीद्वय प्रकाशशरण महत र सुनिल थापा पनि उपस्थित थिए । नवप्रवेशीलाई सभापति देउवा, सहमहान्त्री महत र थापाले स्वागत गरेका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार