२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचखालका श्रीमती र छोराको हत्या गर्ने घिमिरे पक्रउ


३४०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ १९, शनिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे जिल्लामा श्रीमती र छोराको हत्या गर्ने श्रीमान पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी हरि खतिवडाका अनुसार पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नं. ६ स्थायी घर भई हाल बनेपामा डेरा गरी बस्ने वर्ष ३२ का माधव घिमिरे रहेका छन् ।

    घिमिरेले गत असार ३ गते आफ्नै श्रीमती बर्ष ३० की मनिषा कार्की (घिमिरे) र छोरा बर्ष ६ को युआन घिमिरेलाई कर्तव्य गरी हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

    घिमिरेद्वारा हत्या गरिएका श्रीमती र छोरा । तस्बीरः जिल्ला प्रहरी कार्यालय, काभ्रे

    यस्तो रहेछ हत्याको कारण

    प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा श्रीमतीले घिमिरेको अन्य महिलासँगको अनैतिक सम्बन्ध रहेको कुरा थाहा पाए पछि आफूलाई धोका नदिन बारम्बार अनुरोध गर्दै आएकी थिइन । ‘किन धोका दिएको म घरमा श्रीमती हुँदा हुँदै यस्तो क्रियाकलाप नगर्नु’ भन्दै श्रीमतीले बारम्बार अनुरोध गरी सचेत गराएकी थिइन् । साथै व्यापार व्यबसायमा ध्यान नदिएको, जग्गा जमिन, घर बनाउन नसकेको कारण, छोराको र परिवारको भबिष्यको बारेमा कुनै ध्यान नदिएको भनि श्रीमतीले आर्थिक कारोबारमा बिवाद गरेपछि घिमिरेले हत्या गर्ने योजना बनाई हत्या गरेको प्रहरी सामुद स्वीकार गरेका छन् ।

    यसरी हत्या गरेको स्वीकारे घिमिरेले

    हत्या गर्न निज प्रतिवादीले श्रीमती र छोरा निधाई रहेको अवस्थामा सिरानीले मुख थुनी बलपूर्वक हत्य गरेको घिमिरेले स्वीकारेका छन् । श्रीमतीको हत्या गरे पश्चात छोरालाई सोही तरीकाबाट हत्या गरी एउटै खाटमा सुताई ब्याङकेटले छोपी कोठाको ताल्चा बाहिरबाट लगाई उनी हिंडेका थिए । प्रहरीका अनुसार एक दिनसम्म घट्ना लुकाई राखेको र घट्नालाई लुकाउन घिमिरेले अनेकौ योजना बनाएका थिए ।

    घिमिरेको असामान्य गतिविधि देखि छिमेकीले प्रहरीलाई खवर गरे पश्चात भाग्ने क्रममा ईलाका प्रहरी कार्यालय बानेपाको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।

    अनुसन्धानमा घिमिरे अबैध आर्थिक कारोबारमा समेत संलग्न रहेको भन्ने बुझिएकाले निजले प्रयोग गरेको विद्युतिय डिभाइसहरु समेत प्राविधिक अध्यान भईरहेको प्रहरीले जनाएको छ ।

    ७ वर्ष अघि विवाह भएकी मृतक श्रीमतीको माईती देश भारत आसाममा रहेको छ । ७ बर्ष अघि बिवाह भाई हालको मृतक छोरा युआनको जन्म भए पश्चात बनेपा नगरपालिका वडा नं ८ स्थित तिनदोबाटोमा अल इन वान फेन्सी पसल खोली व्यापार व्यवसाय गर्दै आएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार