काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्दी खोलामा बाढी आएपछि सो क्षेत्र भएर सञ्चालन भएको बिपी राजमार्ग अवरुद्ध भएको छ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण खोलाको माथिबाट लेदोसहितको बाढी आएर सडकमा थुप्रेपछि राजमार्ग अवरुद्ध भएको हो ।
राति १-२ बजेदेखि लेदो थुप्रिएका कारण नै सडक अवरुद्ध भएपछि अहिले रामेछाप, सिन्धुली र पूर्वी तराई जाने र काठमाडौँ आउने सवारी साधनहरु रोकेको रोशी गाउँपालिका अध्यक्ष दलबहादुर लामाले बताए।
लेदोले पुरिएका कारण गाडी नै फसेपछि त्यसलाई निकालिएको र अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस