२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

पाँचखालवासीको स्वास्थ्यमा मण्डन उपत्यकाको साथ


१३५३४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ २१, सोमबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । मण्डन उपत्यका सामाजिक उत्थान समाजले पाँचखाल नगरवासिको स्वास्थ्यलाई मध्यनजर राख्दै स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।
    स्वास्थ्यमा आएको विभिन्न समस्यालाई थेरापीको माध्यमबाट समाधान गर्ने उद्देस्यले पाँचखालबाट दैनिक ५० जना भन्दा बढीको संख्यामा बनेपा धुलिखेल धाउनु परेको अवस्थालाई मध्यनजर राख्दै मण्डन उपत्यका सामाजिक उत्थान समाज अन्तर्गत पाँचखाल गाउं सामुदायिक समितिको पहलमा तीन लाख बराबरको थेरापी बेड उपलब्ध गराएको छ ।
    पाँचखाल वडा नं ५ मा रहेको पाँचखाल शहरी स्वास्थ्य केन्द्रलाई थेरापी वेड हस्तान्तरण गर्दै मण्डन उपत्यका सामाजिक उत्थान समाजका कोषाध्यक्ष एवं स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि बिष्णुहरी पौडेलले भन्नुभयो—थेरापीको लागि दैनिकरुपमा ५० भन्दा बढीको संख्या बनेपा धुलिखेल धाउनु परेको अवस्थालाई पुर्ण विराम लगाउने उद्देस्यले स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताउनु भयो । उहाँले थप्नुभयो—लकडाउनको समयमा थेरापी गर्न जानको लागि यातायातको समस्याले धेरै दुःख पाएको अवस्थालाई मध्यनजर राख्दै मण्डन उपत्यका सामाजिक उत्थान समाजले स्वास्थ्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको बताउनु भयो ।
    स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रमका सभापति एवं पाँचखाल वडा नं ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटाले भन्नुभयो— मण्डन उपत्यका सामाजिक उत्थान समाजको योगदानले गर्दा थेरापीको लागी शहर धाउनु पर्ने अवस्थाको अन्त्य भएको बताउनु भयो । “सडकमा यातायातका साधन नचलेको अवस्थामा थेरापीको लागी शहर धाउंनु पर्ने बाध्यात्मक अवस्थाको कठिनाईलाई मध्यनजर राख्दै समस्या समाधानको लागी मैले गरेको अनुरोधलाई मण्डन उपत्यका सामाजिक उत्थान समाजले स्वीकारी थेरापी बेड उपलब्ध गराएकोमा आभार व्यक्त गर्दछु । ”साप्कोटाले भन्नुभयो ।
    गोकुल गुरागाईले सञ्चालन गरेको उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा गणेश माविका प्रधानाध्यापक नारायण प्रसाद सापकोटा लगाएतका स्थानिय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार