काभ्रे । काभ्रे जिल्लाको चौरिदेउराली गाउँपालिका वडा नं. ८ स्थित खोलापारी पाखा भन्ने स्थानमा विद्युत प्राधिकरणको चरम लापरबाहीको कारणले एक पुरुषको करेन्ट लागेर मृत्युु भएको छ ।
स्थानीय ६१ वर्षीया रामचन्द्र पन्त बाख्रा चराउन र घाँस काट्न जाँदा प्राधिकरणले असुरक्षित ढंगले छाडेको एघार हजार ‘हाइटेन्सन’को नांगो तारबाट करेन्ट लागेर मृत्युु भएको हो । प्राधिकरणले जमिनबाट जम्मा ४ फिट माथि रहेको विद्युतको तारलाई नांगो रुपमा छाडेको थियो ।
विद्युतको तार नाङ्गो रुपमा छाड्दा सर्वसाधारणको ज्यान जान सक्ने खतरालाई देखाउँदै स्थानीयले पटकपटक व्यवस्थापनका लागि विद्युत प्राधिकरण पाँचखाल शाखामा आग्रह गरेका थिए । तर, प्राधिकरण कानमा तेल हालेर बसे ।
मृतकका छोरा राजेन्द्र पन्तले प्राधिकरणको चरम लापरबाहीको कारणले घट्ना घटेको बताए । उनले प्राधिकरणको ज्यादतीविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी समेत दिएका छन् ।
‘अकालमा बुबाको मृत्युु भयो, अब मरिसकेको बुबालाई फर्काएर ल्याउन त सकिँदैन । अहिले पनि गाउँमा ती बेवारिसे नांगो तारलाई व्यवस्थापन गरेको छैन । फेरि यस्तै घट्ना दोहोरिदैन भन्न सकिन्न, त्यसैले हामीले प्राधिकरण विरुद्ध प्रहरीमा जाहेरी दिएका छौँ’ पन्तले भने ।
यस विषयमा सोही वडाका वडाध्यक्ष धन तामाङसँग बुझ्दा उनले पनि प्राधिकरणको लापरबाहीकै कारण उक्त घट्ना घटेको बताए । ‘मध्यपहाडी लोकमार्ग अन्तरगतको सडक खन्ने क्रममा केही वर्ष अगाडि बिजुलीको पोलहरु अव्यवस्थित बनाएका थिए । केही समय अगाडि पनि १२ वर्षिया सविना कुवँर नाम गरेकी बालिकाले करेन्ट लागेर हात गुमाउनु परेको थियो, वडाले धेरै पटक यस विषयमा प्राधिकरणसँग कुरा राखेको हो तर सुनवाइ नै हुदैन’ वडाध्यक्ष तामाङले बताए ।
हामीले यस विषयमा नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्रमुख मेघनाथ ढकालसँग बुझ्दा घट्ना प्राधिकरणको कारण नभई मध्यपहाडि लोकमार्गको बाटो खन्नेक्रममा ठेकेदार र सामुदायिक विद्युतले गरेको असमझदारीपूर्ण कदमबाट घटेको बताए ।
ठेकेदार र सामुदायिक विद्युतले प्राधिकरणलाई कुनै जानकारी नदिइकन विद्युतको पोल जथाभावी सार्दा घट्ना घटेको उनको भनाई छ । उनले अब कुनै पनि घट्ना घट्न नदिनेगरी तार तथा पोलको व्यवस्थापन गर्ने पनि बताए ।
झाडी सुधार लगाएतको कार्यहरु नगर्दा वत्ति दिनमा १८ पटक सम्म झ्याप झ्याप जाँदा पाँचखाल वासि आजित भएका छन् । ११ हजार भोल्टेजले बस्तिमा असर पुर्याएर करेन्ट सर्ट भएपछि पिडितले जानकारी गराउंदा पिडितसंग उल्टै ठुलो परिणाममा रकम असुलेर केवल राख्ने काम भएको छ । सेटिङको आधारमा ठेकेदारको खातामा रकम राख्न लगाईएको छ । यस्ता कर्तुतहरु बाहिर आउन थालेपछि जनप्रतिनिधिहरुले यस्ता खाले समाचार नछाप्न फोन मार्फत भन्ने गरेका छन् । जनप्रतिनिधिले जनतामा भएको समस्याको पक्षमा वकालत गर्नुको बदला प्रधिकरणका कर्मचारीको पक्ष लिदै प्राधिकरणले राम्रो कार्य गरेको भन्दै वकालत गर्ने कार्य भएको छ ।
प्रतिक्रिया दिनुहोस