२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

आर्थिकको कारोबार बनेपाबाट पनि


२६०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ अषाढ ३०, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आर्थिक विकास मित्र वचत तथा ऋण सहकारी संस्थाले काभ्रेको प्रमुख व्यापारीक केन्द्रको रुपमा रहेको बनेपाबाट बिधिवत रुपमा कारोबार सुरुगरेको छ ।

    संस्थाको कार्यालय उद्घाटन गर्दै संस्थाका अध्यक्ष सरोज सापकोटाले भन्नुभयो—जिल्लाको व्यापारीक केन्द्रमा रहेका शेयर सदस्यहरुको हितको लागि बनेपाका कार्यालय सुरुगरेको हौं । उहाँले थप्नुभयो बनेपामा रहेका धेरै सहकारीहरुसंग हातेमालो गर्दै सहकारीको साझा मुद्धाहरुलाई एकसाथ गर्दै अगाडी वढिने बताउनु भयो ।

    आफ्ना शेयर सदस्यहरुलाई सहजता साथै सहुलियत ढंगबाट सेवा दिदै आएको संस्थाले बनेपा र मण्डनदेउपुर नगरको कुन्ताबाट समेत सेवाको सुरुवमत गरेको हो । शेयरसदस्यहरुको हितको खातिर कार्य गर्ने प्रमुख उद्देस्यका साथ संस्था अगाडी बढेको छ ।

    संस्थाका सचिव नारायण ढुंगानाले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका प्रबन्धक ठाकुरनाथ अधिकारीले स्वागत मन्तव्य राख्दै सुरु भएको कार्यक्रममा संस्थापक अध्यक्ष ईश्वरी राजकुमार मैनाली, एक्सप्रेश साकोसका प्रमुख प्रबन्धक अरुण थापा, आभाश साकोसका प्रमुख प्रबन्धक शुवास बैद्य लगाएतले आ—आफ्नो धारणा राख्नुभएको थियो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार