सुदिप काफ्ले
काठमाडौँ– भारतमा थप ४१ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४१ हजार २८३ जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ११ लाख ५ हजार २७० पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख २९ हजार ३९७ जना संक्रिय संक्रमित छन् ।यस्तै त्यहाँ एकै दिन ५१७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १३ हजार ६४० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस