२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सुरक्षा कारबाहीमा कम्तीमा १०० लडाकू मारिए


१७५० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १६, शनिबार मा प्रकाशित ३ साल अघि
  • एजेन्सी- अफगानिस्तानको विभिन्न प्रान्तमा तालिबान लडाकूविरुद्ध गरेको सुरक्षा कारबाहीमा कम्तीमा एक सय तालिबान लडाकू मारिएका छन् ।घटनामा अरु ९० जना घाइते भएको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ ।

    अफगानको सुरक्षा बलले यहाँको पश्चिमी प्रान्त हेरातमा गरेको कारबाहीमा ५२ जना तालिबान लडाकू मारिएको जनाएको छ । साथै अन्य ४७ जना घाइते भएका छन् ।

    हेरात कै घोर्यान जिल्लामा १३ लडाकू मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् । घटनास्थलबाट सुरक्षाकर्मीले लडाकूहरुले प्रयोग गर्ने सवारी साधन, विस्फोटक पदार्थलगायत नियन्त्रणमा लिएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् । त्यसैगरी कान्दाहार प्रान्तमा ३६ लडाकू मारिएका छन् भने २० जना घाइते भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार