२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

राज्यमन्त्रीले सरकारी सेवा सुबिधा नलिने घोषणा


३७४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण १८, सोमबार मा प्रकाशित ३ साल अघि
  • १८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

    सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । मन्त्री पदमा रहञ्जेल आफू संग्लग्न रहेको व्यावसायिक संस्थाबाट अलग हुने पनि उनले बताए ।

    ‘स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि मैले आफ्नो व्यक्तिगत सम्पूर्ण व्यवसायिक संलग्नताबाट अलग हुने निर्णय गरेको छु । पदमा बहाल रहँदा स्वार्थ बाझिने कुनै पनि प्रकारको व्यापार–व्यवसायमा म संलग्न नहुने यसै प्रतिवद्धतापत्रमार्फत सार्वजनिक गर्न चाहन्छु,’ राज्यमन्त्री श्रेष्ठले भने ।

    हालसम्म आफू संलग्न हुँदै आएका व्यवसायको कार्यकारी तथा पदीय भूमिका कानुनी रूपमा नै त्याग गरिसकेको उनले बताए । शिक्षा, स्वास्थ्य, हाइड्रो लगायतमा लगानी गरेका श्रेष्ठ १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । व्यापारिक पृष्ठभूमिका व्यक्तिलाई राज्यमन्त्री बनाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना हुँदै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार