रुकुम पूर्व जिल्लामा एक नाबालक आफ्नो साथीको हत्या हत्या आरोपमा पक्राउ परेका छन् । जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ९ चुनबाङका १३ वर्षीय बालक विनय पुनको मृत्यु भएको दुई वर्षपछि हत्या आरोपमा सोही वडाका एक नाबालकलाई प्रहरीले पक्राउ अहिले गरेको छ ।
२०७६ असार ६ गते बाख्रा चराउन गएका बेला हराएका विनयको शवको एक हप्तापछि फेला परेको थियो । शव भेटिएपछि परिवारले त्यति बेलै सत्य तथ्य छानबिन गर्न प्रहरीमा निवेदन दिएका थिए । प्रहरीले घटनाको अनुसन्धान जारी राख्दै स्थानीय ५/६ जनालाई सोधपुछ गरेको गरेको थियो ।
मृतक बालकका आफन्तले शङ्काको घेरामा परेका राख्दै अहिले पक्राउ परेको नाबालकको नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक गणेशबहादुर श्रेष्ठले पक्राउ परेका बालकको ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको बताए । उनलाई अहिले जिल्ला प्रहरी कार्यालयको बाल निगरानी कक्षमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस