काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुवँरले आफूबाट कुनै पनि सेवाग्राहीलाई हातपात नगरेको जनाएको छ । आइतबार विभिन्न सञ्चार माध्यमहरुमा आफूले सेवाग्राहीलाई हातपात गरेको भन्दै समाचार आएपछि अध्यक्ष कुवँरले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचार प्रति आपित्त जनाएका छन् । आफूबाट हुँदै नभएको कुरालाई समाचार तयार गरी संप्रेशन गरेको प्रति कुवँरले घोर भत्र्ससना समेत गरेका छन् ।
‘नभएको नगरेको घटनाको काल्पनिक समाचार तयार गरी जनप्रतिनिधिलाई चरित्र हत्या एवं गाउँपालिकाको मानमर्दन हुने गरी दुराषयपूर्ण अभिप्राय राखी प्रकाशित गरिएको समाचार प्रति यस गाउँपालिका घोरभत्र्सना गर्दछ ।’
विज्ञप्तिमा भनिएको छ, ‘गाउँपालिका अध्यक्षलाई औपचारिक सूचना नमागी फोटो सहित गलत मनोवृतिबाट प्रायोजित भइ मनोगत मिथ्याको भ्रममा आधारित विषयमा प्रकाशित भएको समाचारले अध्यक्षको ब्याक्तिगत चरित्रहत्या तथा गाउँपालिकाको गम्भिररुपले मानहानी भएकोले उक्त कपोलकल्पित भ्रामक समाचारको खण्डन तथा भत्र्सना गर्दै सार्वजनिक रुपमा यो विज्ञप्ति जारी गरेको छौं ।’
प्रतिक्रिया दिनुहोस