काभ्रे। जिल्ला प्रशासन कार्यालय काभ्रेले साउन ३१ गतेबाट आलो पालोमा सेवा दिने भएको छ । विश्वमा फैलिएको कोभिड १९ को कारण आलो पालोमा सेवा दिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रे आज (विहिबार) सुचना जारी गर्दै जिल्लामा रहेको १३ स्थानिय तह मध्य ७ गाउंपालिकाका सेवाग्राहीहरुलाई नियमित रुपमा सेवा प्रदान गर्ने र नगरपालिकाको हकमा आलो पालोमा सेवा दिने जानकारी गराईएको छ ।
जिल्लामा रहेको ६ नगरपालिका मध्य धुलिखेल नगरपालिका , पाँचखाल नगरपालिका र पनौती नगरपालिकाका सेवा ग्राहीहरुका लागि आईतबार, मंगलबार र विहिबार सेवा दिने भएको छ । त्यसैगरी बनेपा नगरपालिका, मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकाका सेवाग्राहीहरुलाई सोमबार बुधबार र शुक्रबार सेवा दिने निर्णय भएको छ ।
हेर्नोस जिल्ला प्रशासन कार्यालय काभ्रेको सुचना
प्रतिक्रिया दिनुहोस