काभ्रे जिल्लामा कोभिड–१९ संक्रमणदर बढ्दै गएपछि जिल्ला मालपोत कार्यालय, काभ्रेले बार अनुसार स्थानीयतहका सेवाग्राहीहरुलाई सेवा दिने भएको छ । कार्यालयले सूचना जारी गर्दै आइतबार देखि जिल्लाका नगरपालिकाहरुलाई मात्र बार अनुसारको सेवा प्रदान गरिने भएको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेश बमोजिमको मापदण्डहरु पालना गर्दै यस कार्यालयबाट दैनिक रुपमा हुने सेवा प्रवाह मिति २०७८।०४।३१ गतेदेखि यो तालिका लागु गरिने सूचनामा उल्लेख छ ।
सूचना अनुसार बनेपा र नमोबुद्ध नगरपालिकालाई आइतबार र बुधबार, धुलिखेल र मण्डनदेउपुर नगरपालिकालाई सोमबार र बिहीबार र पाँचखाल र पनौती नगरपालिकालाई मंगलबार र शुक्रबार सेवा प्रदान गरिनेछ ।
प्रतिक्रिया दिनुहोस