२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

भारद्वाज गोत्र भएकाहरु संगठित हुदै, केन्द्रिय कार्यालय काभ्रेमा


९३८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण ३०, शनिबार मा प्रकाशित ३ साल अघि
  • आइ.आर.के.मैनाली
    काभ्रे । भारद्वाज सेवा समाज नेपालको केन्द्रिय समिति गठन गरी केन्द्रिय कार्यालय काभ्रेमा उद्घाटन भएको छ ।

    आज (शनिबार) काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नं २ रविओपीको चौरेलचौरमा एक कार्यक्रमको आयोजना गरी बिधिवत रुपमा केन्द्रिय कार्यालय उद्घाटन गरेको हो ।

    नेपालमा पहिलो सगोत्रीहरुलाई समेटेर अगाडी बढ्ने उद्देस्यले भारद्वाज गोत्र भएकाहरुले केन्द्रिय कार्यालय स्थापना गरेको छ । नेपालको ७७ जिल्लामै शाखाहरु गठन गरी भारद्वाज सेवा समाजलाई अगाडी बढाउने लक्ष्यका साथ अगाडी बढेको कार्यक्रम आयोजक पक्षले जानकारी गराएको छ । नेपालमा विभिन्न जाति (थर) बिषेश संगठीत हुदै आएपनि गोत्र बिषेश संगठित हुने पहिलो भारद्वाज गोत्रनै भएको छ ।

    केन्द्रिय कार्यालय उद्घाटनको क्रममा प्रमुख अतिथि खानेपानी विभागका पुर्व ईञ्जिनियर शिव प्रसाद देवकोटाले भन्नुभयो—स्वदेश तथा विदेशमा रहेका भारद्वाज गोत्रका बन्धुहरुलाई समेट्दै अगाडी बढ्ने उद्देश्यले भारद्वाज सेवा समाज नेपाल गठन गरेको हो । स—गोत्रि बन्धुहरुको संस्कृति,रितिरिवाज साथै पुर्खाले गर्देआएको कार्यहरुको संरक्षण साथै सामाजिक हितको खातिर कार्य गरीने बताउनु भयो ।

    कार्यक्रममा भारद्वाज सेवा समाज नेपालका प्रमुख सल्लाहकार एवं विद्वत व्यतित्व गोपिकृष्ण थपलियाले भन्नुभयो—नेपालमा आजभन्दा अगाडी स—गोत्रिय बन्धुहरुलाई समेट्दै संगठित गर्दै जाने कार्य भएको थिएन । पहिलो पटक भारद्वाज गोत्रीय बन्धुहरुलाई समेट्दै आफ्नो संकृतिको पहिचान कायम गर्ने बताउनु भयो । देश विदेशमा छरीएर रहेका स—गोत्रि बन्धुहरुको पहिचान गरी गोलबन्ध हुने कार्यलाई निरन्तरता दिने बताउनु भयो ।

    मालपोत कार्यालय काभ्रेका मालपोत अधिकृत टंक प्रसाद चौलागाईले भारद्वाज गोत्रीय बन्धुहरुलाइ समेट्ने उद्देश्यले काभ्रे धुलिखेल नगरपालिका वडा नं २ रविओपिले अभियान सञ्चालन गर्दै केन्द्रिय कार्यालय स्थापना गरेकोमा खुसि व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो स—गोत्रि बन्धुहरुको हितको खातिर हुने कार्यको लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । आफ्नो स्वर्गिय पिता नन्दलाल चौलागाई तथा स्वर्गिय माता सरस्वती चौलागाईको बार्षिक पुण्यतिथिको स्मरण गर्दै नगद ११ हजार १ सय ११ रुपैया भारद्वाज सेवा समाजलाई प्रदान गर्नुभएको थियो ।

    कार्यक्रममा पुर्व सहाएक प्रमुख जिल्ला अधिकारी एवं बञ्जाडे समाजका केन्द्रिय उपाध्यक्ष राम शुन्दर बञ्जाराले स—गोत्रि बन्धुहरुको हितको खातिर अगाडी बढेको भारद्वाज सेवा समाज नेपाललाई आफुले सक्दो सहयोग गर्ने बताउनु भयो । गोत्रिय बन्धुहरुमा परेको समस्यामा साथ दिनु साथै उत्कृत कार्य गर्ने बन्धुहरुलाई हौसला प्रदान गर्ने कार्य भारद्वाज सेवा समाज नेपालले गर्ने बताउनु भयो ।

    कार्यक्रमका सभाध्यक्ष एवं भारद्वाज सेवा समाज नेपालको केन्द्रिय समिति अध्यक्ष दिनेश चौलागाईले सेवा समाज गठन गर्नुको आवस्यकता साथै उद्देश्यमाथि प्रकास पार्नुभएको थियो । बन्धुहरुको पहिचान एक आपसमा सहकार्य साथै संकृतिको पहिचान गर्ने कार्यको लागि सेवा समाजको गठन भएको र ७७ जिल्लामा शाखाहरु गठनको लागि तत्काल अभियान सञ्चालन गर्ने बताउनु भयो । जेष्ठ सदस्यहरुको संरक्षण साथै सम्मानको खातिरमा समेत कार्य गर्ने उद्देश्यले अगाडी बढेको सेवा समाजले स्थानिय धनमायी न्यौपानेलाई नगद प्रमाणपत्र सहितले सम्मान गरेको थियो ।

    कार्यक्रममा ३५ सदस्यीय केन्द्रिय समिति गठन गर्ने निर्णय अनुसार ५ सदस्य पछि थप्ने गरी ३० जनाको केन्द्रिय समिति गठन भएको छ । जसमा केन्द्रिय अध्यक्ष दिनेश चौलागाई, उपाध्यक्ष जञ्जुदेवि खनाल (चौलागाई), कोषध्यक्ष गोमा चौलागाई, सचिब माधव चौलागाई,सह—सचिव लक्ष्मण चौलागाई रहेका छन् । त्यसैगरी सदस्यहरुमा—टंक चौलागाई, शिव देवकोटा, खेम सुवेदी, दुर्गा चौलागाई, गोबिन्द चौलागाई, दया शागर चौलागाई, कृष्ण चौलागाई, दुर्गा प्रसाद चौलागाई, गोमा चौलागाई, केदार चौलागाई, शिशिर चौलागाई, गणेश प्रसाद चौलागाई, बलराम चौलागाई, सुरेश चौलागाई, सुनिल चौलागाई, करुणा चौलागाई, त्रिलोचन चौलागाई, सविता चौलागाई, नियनराज चौलागाई, गोविन्द चौलागाई, बिनोद कुमार चौलागाई, सुजन चौलागाई, मिना घिमिरे चौलागाई, सुमन चौलागाई लगाएतको रहनु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार