२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

अफगान राष्ट्रपति घानीले देश छाडे


४९४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण ३१, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ — अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । तालिवान समूहले काबुललाई पनि नियन्त्रणमा लिनु पूर्व उनले देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएको छ ।

    उनी देश छाडेर ताजकिस्तानतर्फ गएका रिपोर्टहरु सार्वजनिक भएको बीबीसीले जनाएको छ । उनीसँगै उपराष्ट्रपति अमरुल्लाह सलेह पनि देश छाडेका विवरणहरु आएको बीबीसीले जनाएको छ ।

    तालिबान समूहले देशका अधिकांश प्रान्तहरुमा कब्जा जमाएपछि राष्ट्रपति घानीलाई राजीनामाको दबाब आएको थियो ।अफगानिस्तानबाट अमेरिकी सेनाले फिर्ता भएसँगै १० दिनयता तालिवान समूहले देशका अधिकांश भागमा कब्जामा लिएको छ ।

    यसैबीच, तालिबानका एक प्रवक्ताले काबुलमा हुन सक्ने लुटपाटका घटनाहरु नियन्त्रणका लागि आफ्ना फाइटरहरु त्यसतर्फ पठाएको उल्लेख गरेका छन् । काबुलमा रहेका सुरक्षा अधिकारीहरु भाग्ने क्रम बढेपछि त्यहाँ हुन सक्ने दंगा तथा लुटपाट नियन्त्रणका लागि तालिबानी सुरक्षाकर्मीहरु त्यसतर्फ पठाइएको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार