२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

कोरोनाको कारण नारायणस्थानको जात्रा रोकीयो


२५७५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रेको तेमाल गाउँपालिका वडा नं. ५, नारायणस्थानमा हरेक जनैपूर्णिमाका दिन लाग्दै आएको जात्रा नगर्न र नगराउन तेमाल सरकारले अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष सलामसिं तामाङले एक सूचना जारी गर्दै कोभिड–१९ का कारण जात्रा नगर्न र नगराउन अनुरोध गरेका हुन् ।

    सूचनामा लेखिएको छः ‘यस तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थान स्थित धार्मिक तथा पर्यटन दृष्टिकोणले प्रसिद्ध सत्यनारायण मन्दिरमा जनै पूर्णिमा पर्वमा मेला लाग्दै आएकोमा हाल विश्व भरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मेला, पर्व, जात्रा जस्ता कार्यहरु नेपाल सरकारको निर्णयानुसार नगर्न र नगराउनु हुन निर्देशन भए बमोजिम यस गाउँपालिका अन्तर्गत यस वर्ष जैन पुर्णिमामा जात्रा पर्व सञ्चालन नगर्न नगराउनु हुन सम्पुर्ण महानुभावहरुमा यो सूचना प्रकाशन गरिएको छ । साथै नेपाल सरकारबाट लकडाउनको अवधी अन्त्य गरिएको वर्तमान अवस्थामा (कोभिड–१९) संक्रमणबाट बच्न आवश्यक सुरक्षा सर्तकता अपनाउन हुन, सामाजिक दुरी कायम गर्नुहुन एवं स्वास्थ्य निर्देशिकाको पालना समेत गर्नुहुन अनुरोध छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार