२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

काबुलमा तालिवान प्रवक्ताको पत्रकार सम्मेलन : महिलालाई सरकारमा सहभागी हुन आग्रह, भेदभाव नगर्ने प्रतिबद्धता


२२६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २, बुधबार मा प्रकाशित ३ साल अघि
  • अफगानिस्तानको राजधानी काबुलमा तालिवानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनलाई तालिवान प्रवक्ता जाबेहुलाह मुजाहिदले सम्बोधन गरेका छन् ।

    उनले अफगानिस्तानमा सबैलाई आममाफी दिने घोषणा गर्दै महिलाहरूलाई पनि अब बन्ने सरकारमा सहभागी हुन आग्रह गरेका छन् । उनले तालिवनले अब थप युद्ध नचाहेको भन्दै आफूहरू शान्तिपूर्ण रूपमा अफगानिस्तानमा रहन चाहेको बताएका छन् । ‘यो सिंगो मुलुकका लागि गौरवको क्षण हो । म पूरै मुलुकलाई बधाई दिन चाहन्छु । स्वतन्त्रता र सार्वभौमिकता हरेक राष्ट्रको अधिकार हो,’  तालिवान प्रवक्ताले प्रेस मिट सम्बोधनका क्रममा भने, ‘हामीले यसका लागि २० वर्षसम्म संघर्ष गर्नुपर्‍याे । हामीले हाम्रो अधिकार अन्ततः  प्राप्त गरेका छौँ । यसका लागि भगवानलाई धन्यवाद दिन चाहन्छु ।’

    उनले अन्तर्राष्ट्रिय समुदायले निकै चासोका साथे हेरिरहेको इस्लामिकहरूको कानुन सरिया र त्यसले प्रत्यायोजित गरेको महिला अधिकारका विषयमा पनि आफ्नो धारणा राखेका छन् । ‘इस्लामिक सरिया कानुनअनुसार हामी महिला अधिकारको सुनिश्चितता गर्नेछौँ । महिलाहरूले विभिन्न क्षेत्रमा आफ्ना गतिविधिहरू गर्न सक्नेछन्,’  उनले भने, ‘हामी महिलाहरूलाई आश्वस्त पार्न चाहन्छाैँ कि इस्लामिक राज्यमा उनीहरूमाथि कुनै भेदभाव हुनेछैन ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार