महालेखा परीक्षकको कार्यालयले शनिबार जारी गरेको बित्तीय प्रतिबेदन सुचकले काभ्रेका स्थानीय तह मध्ये पाँचखाल नगरपालिका र महाभारत गाउँपालिकामा सबैभन्दा कम बेरुजु भएको रिपोर्ट प्रस्तुत गरेको छ ।
महालेखापरीक्षकको अन्ठान्नौं वार्षिक प्रतिवेदन, २०७८ अनुसार पाँचखालमा बजेटको ० दशमलब ८६ प्रतिशत तथा महाभारत गाउँपालिकाको बजेटको ० दशमलब ४३ प्रतिशत बेरुजु देखिएको छ । पाँचखाल नगरपालिका बागमती प्रदेशका १ सय १९ तहका बेरुजु कम भएका पालिका मध्ये सात नंम्बरमा छ भने महाभारत गाउँपालिका १ सय १९ मध्ये कम बेरुजको दोश्रो नम्बरमा छ ।
प्रतिवेदन अनुसार सबैभन्दा बढि बेरुजु नगरपालिकामा मण्डनदेउपुर नगरपालिका बजेटको ५ दशमलब ४६ प्रतिशत र गाउँपालिकामा तेमाल गाउँपालिकामा बजेटको ९ दशमलब ७० प्रतिशत बेरुजु देखिएको छ । त्यस्तै धुलिखेल नगरपालिकामा ० दशमलब ९९ प्रतिशत, बनेपा नगरपालिकामा २ दशमलब २८ प्रतिशत, नमोबुद्ध नगरपालिकामा २ दशमलब ८३ प्रतिशत तथा पनौती नगरपालिकामा ३ दशमलब ६२ प्रतिशत बेरुजु देखिएको छ ।
गाउँपालिकाहरुमा रोशी गाउँपालिकामा १ दशमलब ८८ प्रतिशत, खानीखोला गाउँपालिकामा ३ दशमलब ३१ प्रतिशत, चौरी देउराली गाउँपालिकामा ५ दशमलब २४ प्रतिशत, भुम्लु गाउँपालिकामा ६ दशमलब १२, बेथानचोक गाउँपालिकामा ७ दशमलब ९७ प्रतिशत बेरुजु देखिएको छ ।
प्रतिवेदनमा बागमती प्रदेशमा महानगरपालिका ३,उपमहानगरपालिका १,नगरपालिका ४१ र गाउँपालिका ७४ गरी ११९ वटा स्थानीय तह छन् । यि स्थानीय तहहरुमध्ये रामेछापको रामेछाप नगरपालिकाको सबैभन्दा कम ० दशमलब ३० प्रतिशत र दोलखाको वैतेश्वर गाउँपालिकाको सबैभन्दा बढि १४ दशमलब ४ प्रतिशत बेरुजु देखाएको छ ।
प्रतिक्रिया दिनुहोस