आई.आर.के.मैनाली
काभ्रे। तीन दिनदेखी लगातार भएको बर्षातको कारण पहिरो जाँदा अरनिको राजमार्ग अवरोध भएको छ । आज (आईतबार) बिहान ५ बजे अरनिको राजमार्ग खण्डको ३९ किलोमिटर (पाँचखाल नगरपालिका वडा नं ६ हनुमान मन्दिर अगाडी) मा पहिरो जाँदा सडक अबरुद्ध भएको थियो ।
सडक माथिबाट पहिरो खस्दा सडक अबरोध भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहलमा ३ घण्टा सम्म अबरोध भएको सडक एकतर्फि संञ्चालनमा आएको छ । बर्षातको कारण धुलिखेल देखि पाँचखाल सम्म (अरनिको राजमार्गमा) ठाउंठाउमा पहिरो आएको कारण सवारी आवागमनमा समस्या परेको छ ।
अरनिको राजमार्गको धुलिखेल पाँचखाल खण्डमा मोड कटिङ्ग गरिने कार्य हुदै गरेकोले सो मोड कटिङ्ग गरेको स्थानमा पहिरोको उच्च जोखिम बढेको छ । मोड कटिङ्ग भईरहेको स्थानहरुमा खस्दै गरेको पहिरो ततकाल हटाउने कार्य नहुदा सडकमा हिलो र लेदो माटोहरु सडकमा थुप्रिदा थप समस्या झेल्दैछन राजमार्गमा संञ्चालन भएको सवारी साधनले । सडकमा सवारी साधन जाँम हुदै गर्दा माथिबाट पहिरो आएर सवारी साधनलाई पुर्ने खतरा समेत बढेको छ अरनिको राजमार्गमा ।
प्रतिक्रिया दिनुहोस