२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

ज्याेती लाइफद्धारा १६ लााख रुपैयाँ मृत्यु दाबी भुक्तानी


३४४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १४, सोमबार मा प्रकाशित ३ साल अघि
  • शुसिल राज गिरी

    काभ्रे ,बनेपा ज्याेती लाईफ इन्स्योरेन्स बनेपा शाखाले हृदयघात बाट मृत्यु भएको आफ्नो बिमीत बर्ष ३७ का स्वरुप घिमिर काे आमा लक्ष्मी घिमिरे लाई मृत्यु दाबी भुक्तानी बापत १६२९३७५।- रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ ।

    २ बर्ष अगाडी बिमा गरेका स्वरुप घिमिरे को हृदयाघात काे कारण मृत्यु भएको थियो । मृतकको आमा लक्ष्मी घिमिरे लाई बिमाको रकम क्षेत्रीय प्रमुख अम्बिका तिमल्सिना बनेपा शाखा प्रमुख रुपेस सापकोटा र बनेपा शाखाका सम्पुर्ण कर्मचारीहरु मिलि बिमा रकम हस्तान्तरण गरिएको थियोे ।

    बिमा रकम लिदै बिमीत काे आमा ले सबै आमाहरुले बीमा गर्नु आवश्यक रहेको र बिमा काे लागि ज्याेति लाईफले काभ्रे जिल्लामा धैरे जनताको विश्वास जित्न सफल भएको भन्दै बिमा कम्पनी का कर्मचारी र कम्पनी लाई आभार व्यक्त गर्नुभएकाे थियोे ।बिमा रकम हस्तान्तरण गर्दै बनेपा शाखा शाखा प्रमुख रुपेस सापकोटाले बीमाको महत्वबारे प्रकाश पार्नुको साथै कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार