२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

काभ्रेमा हत्या गरी फरार रहेका अभियुक्त पक्राउ


२३७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २४, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ७ मा रहेको एक होटेलमा भएको सामान्य विवादमै धारिलो हतियार प्रहार गरी हत्या गर्ने फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । पक्राउ पर्नेमा जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ७ बस्ने वर्ष ३१ को मोहन भन्ने महेन्द्र घिसिङ रहेका छन् ।

    सूचना अधिकारी डिएसपी खतिवडाका अनुसार गत भदौ २० गते राती ८:४५ बजेको समयमा पनौती न.पा. वडा नं. ७ स्थित भीम बहादुर थिङले सञ्चालन गरेको होटेलमा सामान्य विषयमा विवाद हुन जाँदा महेन्द्रले धारिलो हतियार प्रहार गरी पनौती नगरपालिका वडा नं. १० बस्ने वर्ष २७ वर्षीय किसान पहरीलाई गम्भीर घाइते बनाएका थिए । हतियार प्रहार गरी महेन्द्र भने फरार भएका थिए । निज घाइतेलाई तत्काल प्रहरी चौकी पनौतीको टोलीले उद्धार गरी धुलिखेल अस्पताल ल्याए पनि डक्टरद्वारा राती ९ : ४० बजेको समयमा मृत घोषणा गरिएको थियो ।

    घटना पछि विशेष अनुसन्धान टोली, इलाका प्रहरी कार्यालय बनेपा तथा मातहत समेतबाट प्रहरी अधिकृतको टोली परिचालन गरी फरार रहेका अभियुक्तको खोजतलास कार्य तीव्र गर्नेक्रममा वारदात पश्चात् तत्काल फरार रहेका होटेल सञ्चालक खानिखोला–७ बस्ने वर्ष ४४ का भीम बहादुर थिङ्, उक्त समयमा खाजा खान आउने अन्य व्यक्तिहरु र प्रत्यक्षदर्शी समेतलाई नियन्त्रणमा लिई सूक्ष्म अनुसन्धान प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार अनुसन्धानको क्रममा खानीखोला गाउँपालिका वडा नं.७ बस्ने नेत्र बहादुर घिसिङको छोरा वर्ष ३१ को मोहन भन्ने महेन्द्र घिसिङको बारदातमा प्रत्यक्ष संलग्नता खुल्न आएको थियो । महेन्द्रलाई मङ्गलवार ४:३० बजेको समयमा आफन्तकोमा लुकी छिपी बसेको अवस्थामा कानुन बमोजिम पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।

    उनलाई प्रारम्भिक सोधपुछ गर्दा होटेलमा खाजा खाई पैसा तिर्ने क्रममा उक्त होटेलका सञ्चालकसँग मृतक किसान पहरीले वादविवाद गरी पुनः महेन्द्रसँग पनि वादविवाद भई झै–झगडा भएको खुल्न आएको छ । वादविवाद बढ्दै गएपछि महेन्द्रले धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरी फरार भएको अनुसन्धानको क्रममा खुलेको हो । पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु