२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

काभ्रेको टिपर दुर्घटना, सह चालकको मृत्यु


३१८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १८, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं– ७ फलाटे (सिमखेत) मा कात्तिके देउरालीबाट दोलालघाट तर्फ जादै गरेको बा.५ ख ५२०४ खाली टिपर सडक बाट अन्दाजी ३५ मिटर तल खस्दा एकको मृत्यु भएको छ ।

    कोसिपारी बाट दोलालघाट आउने क्रममा सो टिपर दुर्घटना हुदा सह –चालक बर्ष अन्दाजी ४५ को शंकर माझी गाडी भित्रैै च्यापिएको अवस्थामा रेहेको पाँचखालबाट खटिगएको सुरक्षा टोलि लगायत प्रहरी इन्चार्जले जानकारी दिए ।

    भुम्लु –८ कै चालक घनश्याम माझी दुर्घटना भए पछि सम्पर्क बिहिन भए पनि हाल उनी जिल्ला प्रहरी कार्यलयमा पुगेका थिए । मृतक सह चालक टिफरमै च्यापिको अवस्थामा थिए । क्रेन लगाएर टिफर भित्रबाट शव निकालि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल पठाईएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु