काभ्रे (भुम्लु) – बागमती प्रदेश सभाका सांसद लक्ष्मण लम्सालको पहलमा जिल्लाको भुम्लु गाउँपालिकामा विकासको मुहार फेरिने भएको छ । भुम्लु गाउँपालिकाको कोसीपारी दोलालघाट सिलामे सापिङ सिम्थली बेखसिम्ले सडक पिच गर्न सांसदको पहलमा १८ करोड बजेट बिनियोजन भएको छ ।
दोलालघाट,सिलामे, सापिङ्ग, रिठ्ठे, सिम्थली बेखसिम्ले सडक खण्ड अन्तर्गत सिलामेदेखि राम्चे करिब ५.५ किलोमिटर बाटो पिच निर्माण कार्य अगाडी बढेको छ । उक्त सडक निर्माणको निरन्तरताको लागि ) बागमती प्रदेश सभाका सांसद लक्ष्मण लम्सालको पहलमा १८ करोड बजेट विनियोजन भएको जानकारी प्राप्त भएको छ ।
जनताको विकासको अपेक्षा पूरा गर्न पहलकदमी सांसद लम्सालले कार्य गर्दै आएका छन् । चुनावी समयमा जनता समक्ष प्रतिबद्धता गरेको वाचा गर्दै आफूले विकास निर्माण कार्यलाई तिब्रता दिएको सांसद लम्सालले बताए ।
प्रतिक्रिया दिनुहोस