२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

सबै प्रकृतिका मुद्दा पेसीमा,प्रधानन्यायाधीश आफ्नै लागि इजलास


१९९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक २३, मंगलबार मा प्रकाशित ३ साल अघि
  • २३ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र सर्वोच्च अदालतका अरु न्यायाधीशहरूबीच थप मतभेद हुने स्थिति देखा परेको छ ।

    बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले मंगलबार त्यो सहमति तोडेका छन् ।

    मंगलबार प्रकाशित पेसी सूचीमा बन्दी प्रत्यक्षीकरणको निवेदन बाहेक सबै मुद्दा पेसीमा राखिएको छ । प्रधानन्यायाधीश जबराले आफ्ना लागि समेत एकल इजलास तोकेका छन् । उनले आफ्नो एकल इजलाससहित अन्य ९ वटा इजलास तोकेका छन् । उनको यो कदमबाट अरु न्यायाधीशहरू थप असन्तुष्ट हुने सम्भावना बढेको सर्वोच्च अदालतस्रोतले बतायो । स्रोतले भन्यो, ‘अब त झनै दुवै पक्षबीच संवाद हुने वातावरण पनि विथोलिदै गएको देखिन्छ ।’

    नेपाल बार एशोसिएसनले सोमबार रातिमात्रै निर्णय सार्वजनिक गर्दै आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो । यसबाट आन्दोलिन कानून व्यवसायीहरू पनि थप आक्रोशित हुने निश्चित भएको छ । सर्वोच्च अदालत उच्च स्रोतका अनुसार, प्रधानन्यायाधीश जबराले इजलास तोकेपछि उनीबाहेकको अरु इजलास बस्ने सम्भावना छैन । स्रोतले भन्यो, ‘हदै भए एक/दुई वटा इजलास बस्न सक्छन् । त्यो सम्भावना पनि निकै कम छ ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार