२०८१ मंसिर १२, बुधबार | Wed, 27, Nov, 2024

‘राजेन्द्र खरेल सभाहल’ हस्तान्तरण


३२४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर २, बिहिबार मा प्रकाशित ३ साल अघि
  • खरेल परिवारको सहयोगमा नेपाली काँग्रेस काभ्रेको पार्टी कार्यालयको तेश्रो तल्लामा निर्माण भएको राजेन्द्र खरेल सभाहल हस्तान्तरण गरिएको छ ।

    विहिबार एक कार्यक्रमका विच पूर्व महिला बालबालिका मन्त्री एवं नेपाली काँग्रेसका अग्रज निष्ठावान नेता रोजेन्द्र खरेलले नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यलाई हस्तान्तरण गरे ।
    हल शिला अनावरण तथा रिबन काटेर पूर्व मन्त्री एवं नेपाली काँग्रेसका खरेलले उद्घाटन गरे ।

    १३ सय स्क्वायर फिटमा फैलिएको सभाहल खरेल परिवारबाटै रु ३० लाख रुपैया लागतमा निर्माण गरिएको राजेन्द्र खरेलका सुपुत्र, नेपाली काँग्रेसका प्रतिनिधि सभा क्षेत्र नं २ का उम्मेदवार एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले जानकारी दिए ।

    कार्यक्रममा पूर्व मन्त्री खरेलले राजनैतिक जीवनमा पार्टीलाई थोरै भएपनि योगदान गर्न पाएकोमा खुशी भएको बताए । कार्यक्रममा जिल्ला सभापति मधु अचार्यले आफ्नो कार्यकालमा भवन बनेको र त्यसमा पनि व्यक्तिगत खर्चमा खरेल परिवारले हल बनाएर पार्टीलाई हस्तान्तरण भएकोमा धन्यवाद व्यक्त गरे ।

    कार्यक्रममा पूर्व मन्त्री कञ्चनचन्द्र वादेले भवन निर्माणका लागि धेरै पटक जग्गा खरिद भएपनि यो कार्यसमितिले भवनलाई सार्थकता दिएको बताए । पाँचखाल नगरपालिकाका प्रमुख एवं राजेन्द्र खरेल सुपुत्र महेश खरेलले खरेल परिवार राजनीतिमा लिन भन्दा दिन आएको बताए । ‘हामी लिन आएका हैनौं । केहि दिऔं भन्ने उदेश्य छ ।’

    कार्यक्रममा काँग्रेसका नेता विष्णु हुमागाई, जिल्ला उपसभापति अच्युत पौडेल र गोविन्दबहादुर थापा लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम जिल्ला सचिव विदुर बञ्चाराले सञ्चालन गरेका थिए । कार्यक्रममा जिल्लाका विभिन्न तह र  तप्काका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार